निर्वाचन विशेष

खोटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका भएकाे मतगणनामा श्रम संस्कृति पार्टीकाे आरेन राईले २,६९२ मतकाे साथ अग्रता लिएकाे छ।

जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईकाे अनुसार नेकपा (एमाले) काे देवविक्रम राईले १,१६५, नेपाली कांग्रेसकाे विरकाजी राईले १,७८६ र नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले १००९ मत प्राप्त गरेका छन्।

त्यस्तैगरी घन्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे रूद्र गिरीकाे ३४६, बाँसुरी राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो नेपाल पार्टीको साझा उम्मेद्वार मिरेश राईकाे २१६ र जाँताे राकेश राईकाे ४१ मत रहेकाे छ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता रहेका छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता रहेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०५:४३ शनिबार