निर्वाचन विशेष

काठमाडौं क्षेत्र नं ९ मा राधा कृष्ण महर्जन अगाडी

प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं  क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राधा कृष्ण महर्जन विजयी भएका छन्।

 निर्वाचनमा कुल ७८ हजार ४९५ मतदाता रहेकोमा ८ हजार ६०७ मत खसेको थियो। तीमध्ये २५३ मत बदर भएकोमा  ८ हजार ३५४ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।    

 मत परिणाम अनुसार राधा कृष्ण महर्जनले  ५ हजार ५५९ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसको तर्फबाट नानुमैया बास्तोलाले १ हजार ११६ मत प्राप्त गरेकी छिन् ।   

प्रकाशित: २२ फाल्गुन २०८२ १३:२४ शुक्रबार