निर्वाचन विशेष

इलाम–१: कांग्रेसका निष्कल अग्रस्थानमा, श्रम संस्कृतिका विनोद पछ्याउँदै, एमालेका कागते तेस्रो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नं. १ को जारी मतगणनामा नेपाली कांग्रेसका निष्कल राई अग्रस्थानमा देखिएका छन्।

सार्वजनिक गरिएको पछिल्लो मतपरिणाम अनुसार रुख चुनाव चिह्न लिएर चुनाव लडेका निष्कल राईले १३ हजार ६३१ मत प्राप्त गरेका छन्। उनीसँग कडा प्रतिस्पर्धामा रहेका अँजुलीमा रहेको माटो चुनाव चिह्नका श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्बाङ लिम्बुले १३ हजार २८६ मत पाएका छन्।

यस्तै सूर्य चुनाव चिह्नका एमाले उम्मेदवार काजी मान कागतेले ११ हजार ५६१ मत प्राप्त गरेका छन् भने रास्वपाका घण्टी चुनाव चिह्नका विमल गदालले ८ हजार ८१६ मत ल्याएका छन्।

अन्य उम्मेदवारमध्ये

पाँचको तारा चिन्हका रणबहादुर राई – ७ हजार ९३०

बलिरहेको चिम चिन्हका हरि बहादुर गुरुङ – ४५७

हल चिन्हकी उज्जला नेपाल – ५५५

चकिया (जाँतो) चिन्हका लिला बहादुर सुनुवार – २९१

गुलाफको फूल चिन्हका नारदमणि सापकोटा – १९२

कुखुराको भाले चिन्हका बुद्धलाल मेचे – ७९१

दापसहितको खुकुरी चिन्हका रामप्रसाद लिम्बू – ३९

घर चिन्हका डम्बर सिंह लिम्बू – २२

मादल चिन्हका तुल्सी केशरी प्रजापति – ४३ मत प्राप्त गरेका छन्।

हालसम्म ५६ हजारभन्दा बढी सदर मत गणना भएको छ भने ४ हजार ३ सय ३१ बदर मत रहेको छ। यससँगै हालसम्म ६१ हजार १ सय ६१ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैबीच सूर्योदय–१२ अन्तर्गत करफोक मावि (क, ख, ग र घ) मतदान केन्द्रको लट ६५ को मतगणनामा १ हजार ९२६ सदर मत र ७८ बदर मत गरी २ हजार ४ मत गणना भएको छ।

मतगणना कार्य जारी रहेको छ।

प्रकाशित: २५ फाल्गुन २०८२ १४:४७ सोमबार