बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। पछिल्लो ताजा नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले सुरुवाती अग्रता लिएका छन्।
गौडेलले २०२ मतका साथ अग्रता कायम गर्दा उनलाई नेकपा एमालेका सूर्य प्रसाद ढकालले १४१ मतका साथ पछ्याइरहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार चौधरी १०० मतका साथ तेस्रो स्थानमा छन्।
यस क्षेत्रमा मतगणना जारी छ र मुख्य प्रतिस्पर्धा त्रिपक्षीय हुने देखिएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०२:१८ शुक्रबार