निर्वाचन विशेष

रुकुम पूर्वबाट दाहाल विजयी

नेपाली कम्युनिस्ट पाटीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन्। उनी १०२४० मत ल्याएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी लिलामणी गौतमले ३४६२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका कुशुमदेवी थापाले ३०८१ मत प्राप्त गरेकी छिन।

त्यसैगरि रास्वपाका लखन कुमार थापाले ८१९ मत पाउँदा प्रलोपाका सन्दीप पुनले २०३ मत प्राप्त गरेका छन्। नेकपा माओवादीका जुद्धबहादुर बुढाले १९१ ल्याउँदा जनमोर्चाका चन्द्रबहादुर शाहीले ३२ मत प्राप्त गरे। 

पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल माओवादी द्वन्द्वको आधार इलाका समेत रहेको यहाँ उनी जित सुनिश्चितताका लागि रुकुम आएका थिए। २०६४ साल यता प्रचण्ड रोल्पा, काठमाडौं, सिराहा, चितवन र गोरखामा चुनाव लडिसकेका छन्। 

रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता मध्ये ५५.१८ प्रतिशत अर्थात् १९ हजार १ सय ८८ मत खसेको थियो। पुरुष ९ हजार २४ जना र महिला १० हजार १ सय ६४ जनाले मतदान गरेका थिए। तिन वटा गाउँपालिका रहेको रुकुम पूर्वमा ३१ वडा रहेको छ। 

प्रकाशित: २२ फाल्गुन २०८२ १८:३९ शुक्रबार