इलाम-२ मा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा चुलाचुली गाउँपालिका-६ बाट गणना सुरु गरिएको छ ।
अहिले चुलाचुली-६ का चारवटा मतपेटिका खोलिएका छन् । इलाम-२ मा आज बसेको सर्वदलीय बैठकले पहिला एउटा पालिकाको एउटा वडा गणना सक्ने र त्यसपछि अर्को वडाको गणना गर्ने तथा सम्बन्धित पालिकाको सकिएपछि मात्र अर्को पालिकातर्फको गणना सुरु गर्ने निर्णय गरेको छ ।
इलाममा यस पटक कुल १ लाख ३१ हजार ३४४ मत खसेको छ भने इलाम-२ मा ६७ हजार ६४८ मत खसेको छ ।
यसैगरी इलाम-१ मा पौने २ बजेदेखि गणना हुने भएको छ । इलाम-१ मा ६३ हजार ६९६ मत खसेको छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:२३ शुक्रबार



