प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ। भौगोलिक विकटताले मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतदान भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना सुरु भएको हो।
जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको मुख्यनिर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए।
मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ। गोरखा-१ मा एक स्वतन्त्रसहित १२ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १२:५३ शनिबार



