निर्वाचन विशेष

चितवनमा संयोजक दाहालले गरे मतदान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गरेका छन्।

चितवन क्षेत्र नम्बर ३ स्थित नेपाल पुलिस स्कुल शिवनगरबाट उनले बिहान ७:२० बजे पहिलो मतदान गरेका हुन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। 

यसपटक भने दाहाल रुकुम पश्चिमबाट उठेका छन्। यहाँ उनकी छोरी रेनु दाहाल उठेकी छिन्। यहाँबाट राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि मतदान गर्नेछन्।

दाहालले मतदानपछि आफू उत्साहित भएको बताएका छन्। अस्वाभाविक तथा कठिन परिस्थितिमा निर्वाचन भएकोमा उत्साहित भएको उनले बताएका हुन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०७:४६ बिहीबार