निर्वाचन विशेष

बाजुरा १ मा कांग्रेसको अग्रता

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशको बाजुरा क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ। हालसम्मको मतपरिणाम अनुसार जनक राज गिरी अग्रस्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार गिरीले हालसम्म ५ हजार ९२१ मत प्राप्त गरेका छन्।  

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लालबहादुर थापाले ५ हजार ५०६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ३ हजार १६९ मत प्राप्त गरेका छन्।  

प्रकाशित: २३ फाल्गुन २०८२ १४:२४ शनिबार