निर्वाचन विशेष

चितवन–३ः सोवितासँग झण्डै ३० हजार मतले पछि परिन् रेणु

चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायमै गरेकी छन्।

पछिल्लो अपडेटअनुसार सोविताले ४७ हजार ३०५ मत प्राप्त गरेकी छन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेणु दाहाललाई २९ हजार ८१३ मतको भारी अन्तरले पछाडि पारेकी छन्। दाहालले १७ हजार ४८९ मत प्राप्त गरेकी छन्।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ६ हजार ४८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ४ हजार ३१३ मत पाएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १०:४४ शनिबार