चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछानेले दोब्बरभन्दा बढी मतले अग्रता बनाएका छन्।
ताजा मतपरिमाण अनुसार सभापति लामिछानेले १० हजार ८१४ मत प्राप्त गरेका छन्।
लामिछाने र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेबिच ७ हजार ९६९ मतको अन्तर रहेको छ। घिमिरेले २ हजार ८४५ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा उम्मेदवार प्रताप गुरुङ १ हजार ८४३ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी मिनाकुमारी खरेलले ३ हजार३१९ मत पाएकी छिन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:५० शुक्रबार