हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार्पाभूमि गाउँपालिकाका मतपेटिका हेलिकप्टबाट ल्याइएको छ। जिल्ला निर्वाचन अधिकारी जीवन कुवरका अनुसार बिहान साढे ९ बजे मतपेटिका सदरमुकाम चामे झारिएको हो।
हेलिकप्टर नहुँदा हिजो मतपेटिका ल्याउन सकिएको थिएन। अब केही समयपछि गणना सुरु हुने कुवरले जानकारी दिए। मनाङमा ७ हजार मतदाता रहेकोमा ४३ प्रतिशत मात्र मत खसेको थियो। थोरै मत खसेकाले आज दिनभरमा मत परिणाम आइसक्ने उनले बताए।
प्रकाशित: २२ फाल्गुन २०८२ १०:१५ शुक्रबार