निर्वाचन विशेष

खोटाङमा मतपेटिका सकंलन पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएकाे निर्वाचनकाे मतपेटिका खोटाङमा सकंलन पूरा भएकाे छ।

जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन मतपेटिका संकलनको काम सकिएकाे छ।

खोटाङ प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको छ। निर्वाचनका लागि जिल्लाभर १३६ मतदानस्थल र दुई अस्थायी केन्द्रसहित १९७ मतदान केन्द्र निर्धारण रहेकाे थियाे। 

जिल्लामा कुल एक लाख ४७ हजार १२० मतदाता रहेका छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०९:४१ शुक्रबार