निर्वाचन विशेष

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकै अग्रता

खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ४, ७७४ मतकाे साथ अग्रता कायम गरेकाे छ।

‘अँजुलीमा रहेकाे माटाे’ निर्वाचन चिन्हमा उठेका राईले अग्रता कायम गरिरहँदा नेकपा (एमाले) काे देवविक्रम राईले ३,९९२, नेपाली कांग्रेसकाे विरकाजी राईले ४,३७२ र नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले २, ८०८ मत पाएकाे जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।

त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीकाे १,६७९, राष्ट्रिय परिवर्तन पार्टीकाे मिरेश राईकाे ३०५, जनता समाजवादी पार्टीकाे राकेश राईकाे ९८ र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे दीपक तामाङकाे ७१ मत रहेकाे छ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।

यतिञ्जेलसम्म केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी, दिप्रुङ चुइचुम्माको मतगणना सम्पन्न भएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ ०९:०१ शनिबार