निर्वाचन विशेष

मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि

मोरङ क्षेत्र नं ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले सुरुवाति अग्रता लिएका छन्।  

पछिल्लो मतपरिमाणअनुसार मगरले ५ सय ५४ मत प्राप्त गरेका छन्।  

यस्तै नेपाली कांग्रेसका सुनिलकुमार शर्माले ३ सय ३६ मत प्राप्त गरेका छन् भने स्वपाका गणेश कार्कीले २ सय ९५ र एमालेका इरान राईले १८ मत पाएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०९:३४ शुक्रबार