निर्वाचन विशेष

महालक्ष्मी नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन्।

प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत पाएका छन्। उपप्रमुखमा विजयी महर्जनले नौ हजार ५९१ मत र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाएकी छिन्।

नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ। एमालेबाट वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा ध्रुव खत्री, वडा नम्बर ३ कुवेर केसी, वडा नम्बर ४ मा अमृत खत्री,  वडा नम्बर ८ मा विश्वराज श्रेष्ठ र वडा नम्बर १० मा विजय लामा विजयी भएका छन्।

कांग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा ७ मा बाबुराजा महर्जन, वडा ९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी भएका छन्। माओवादीबाट वडा नम्बर ६ मा धर्म महर्जन विजयी भएका छन्। 

प्रकाशित: ७ जेष्ठ २०७९ ०८:०६ शनिबार

महालक्ष्मी नगरपालिका