रोल्पा नगरपालिकाका नबनिर्वाचित मेयर सुरेन्द्र थापा घर्तीलाई निवर्तमान मेयर पूर्ण केसीले कार्यकक्षमा पुगेर माला लगाईदिए। कुर्सीकाे छेउमा उभिएका नयाँ मेयर थापा घर्तीलाई अंगालो मारेर ५ वर्ष आफू बसेको कुर्सीमा बसाए। ‘बधाई तथा सफल कार्यकालको शुभकामना छ। जनताको मन जितेर काम गर्नुहोला।’ उनि जस्तै निवर्तमान उपमेयर मनकुमारी घर्तीले पनि नबनिर्वाचित उपमेयर गिता आचार्यलाई माला पछि अंगालो मारेर आफू बस्ने कुर्सिमा लगेर बसाईन्।
अन्यत्र जस्तो मनमा तुष नदेखिएको पदभार ग्रहणको औपचारिकता मात्र नभएर निर्वाचनका समयमा टिकट नपाएपछि पनि केसी दिलो ज्यान दिएर घर्तीलाई चुनाब जिताउन लागेका थिए। ठूलो मतान्तरले चुनाव जितेका घर्तीले पनि पहिलाको मेयर लगायतको टिमले गतिलो काम गरेका कारण आफूलाई निर्वाचन जित्न सहज भएको बताउछन्। लोकतन्त्रमा पद हस्तान्तरणको सुखद नमुना रोल्पा नगरपालिकाले देखाएको छ।
रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले बिहीबार औपचारिक पदभार ग्रहण गरेका छन्। वैशाख ३० गतेको निर्वाचनमा माओवादीका तर्फबाट विजयी भएका घर्तीले नगर प्रमुखको कार्यकक्षमा पुगि पदभार ग्रहण गरेका हुन। निबर्तमान मेयर पुर्ण केसीले माला लगाई आत्मिएताका साथ पद हस्तान्तरण गरेका थिए।
त्यसै गरि उपमेयर गिता आचार्यले पनि बिहाबारदेखि नै पदभार ग्रहण गरेकी छिन्। उनलाई निवर्तमान उपमेयर मनकुमारी घर्तीले माला लगाएर आत्मिएताका साथ पद हस्तान्तरण गरेकि थिईन्। नबनिर्बाचित वडा स्तरका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थितीमा पदभार ग्रहण कार्यक्रम भएको थियो।
पदभार ग्रहण पछि मेयर र उपमेयरले बालबिकासका शिक्षक र सामुदायिक बिद्यालयका सहयोगि कर्मचारीहरुका लागि केन्द्र सरकारले दिएको तलब ८ हजारमा रु. ७ हजार थप गरि मासिक १५ हजार दिने पहिलो निर्णय गरेका छन्। निर्बाचित गराउने नगरबासिलाई धन्यबाद दिदै अघिल्लो मेयरले अघि सारेको नगरलाई शैक्षिक हबमा परिणत गर्ने योजनालाई निरन्तरता दिने निर्णय गरिएको छ।
प्रकाशित: ६ जेष्ठ २०७९ १२:१२ शुक्रबार