निर्वाचन विशेष

लुम्बिनी प्रदेशका निर्वतमान सांसद थारु नगरमा विजयी

लुम्बिनी प्रदेशका निर्वतमान सांसद दिपेश थारु राजापुर नगरपालिकाको नगर प्रमुखमा विजयी भएका छन्। 

राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार नगर प्रमुख र उप–प्रमुखमा निर्वाचित भएका हुन्। नगर प्रमुखमा विजयी भएका थारु लुम्बिनी प्रदेश सांसद पदबाट राजीनामा दिएर नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए। 

निर्वतमान प्रदेश सांसद सदस्यसमेत रहेका थारुलाई  नगरमा जित्न हम्मेहम्मे पर्‍यो। थारुले ९ हजार ८ सय ७ मत प्राप्त गरी विजयी भएका छन्। थारुको प्रतिस्पर्धी नेपाली काँग्रेसका दीपक जङ्ग शाहले ९ हजार ७ सय ६० र एमालेका पहारी चौधरी ६ हजार ७२ मत पाएका छन्।

त्यसैगरी उप–प्रमुखमा पुनःमनकला कुमारी चौधरी दोहोरिएकी छन्। उप–प्रमुखमा चौधरीले १० हजार ८६ मत ल्याएर निर्वाचित भएकी छिन्। उनको प्रतिस्पधी काँग्रेसकी १० हजार ४५ र एमालेकी सावित्रि शर्मा बख्रेलले ५ हजार ४ सय २२ मत पाएकी छिन्।

प्रकाशित: ३ जेष्ठ २०७९ १३:५० मंगलबार