काठमाडौ महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले पछाडि पारिरहेका छन्।
मतगणना सुरु भएयताका हरेक दिन बालेन र उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितबीचको मतान्तर बढिरहेको छ।
मंगलबार बिहानको पछिल्लो मतपरिणामअनुसार बालेनले ९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । मतगणना सुरु भएदेखिनै उनी अग्र स्थानमा छन्।
उनका निकटतम प्रतिस्पर्धी स्थापितले ५ हजार १ सय ४ मत प्राप्त गरेका छन्। मतगणना भएदेखिको परिणाम हेर्दा यी दुईबीचको मतान्तरण बढिरहेको देखिन्छ।
यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन्। उनले ४ हजार ४ सय ८३ मत प्राप्त गरेकी छिन्। राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथौ स्थानमा रहेकी छन्।
प्रकाशित: ३ जेष्ठ २०७९ ०३:०१ मंगलबार