निर्वाचन विशेष

भरतपुरमा अघि लागिन् रेनु

भरतपुर महानगरपालिकामा रेनु दाहाल अगाडि बढेकी छिन्। महानगरपालिकाको १५३०८ गणना गर्दा  रेनु १६ मतले अघि छन्। 

दाहालले ५ हजार १३८ ल्याएकी छिन्। उनलाई पछ्याउँदै एमालेका सुवेदीले ५ हजार १२२ मत ल्याएका छन्। भरतपुरमा दाहाल र सुवेदीको कडा प्रतिस्पर्धा भएको छ। उनीहरू  अघिपछि हुँदै आएका छन्।  स्वतन्त्र उम्मेदवारी दिएका  जगन्नाथ पौडेलले २ हजार ४१६ मत प्राप्त गरेका छन् ।

प्रकाशित: २ जेष्ठ २०७९ १३:५० सोमबार