विरगंज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का मेयर उम्मेदवार राजेशमान सिंह आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा निकै अगाडि छन्।
उनले सोमबार साँझसम्म ४ हजार ६ सय ५७ मतले अग्रता लिइरहेका छन्। मतगणना सुरु भएदेखिनै जसपाका सिंहले अग्रता लिइरहेका हुन।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले २ हजार ५९ मत प्राप्त गरेका छन्। दुई प्रमुख प्रतिस्पर्धीबीच करिब २ हजार ५ सय ९८ मतको फरक देखिएको छ।
तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले १ सय ५० मत मात्र प्राप्त गरका छन्। गिरी खातामा निकै कम संख्यामा मत थपिएको देखिन्छ।
प्रकाशित: २ जेष्ठ २०७९ ११:४० सोमबार