धरानको वडा नं ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ।
आज बिहान मतगणना सम्पन्न हुँदा एमालेबाट वडाअध्यक्षका उम्मेद्वार धनबहादुर राई ८२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी चन्द्र कुलुङले ६१२ मत प्राप्त गरे।
दलित महिलामा एमालेकै लिलामाया गहतेले ८१३, खुला महिला सदस्यमा मिना तामाङ ८२९, खुला सदस्यमा राजेन्द्र राई ८०३ र गोरसमान गुरुङ ७४७ मत ल्याएर विजयी भएका छन्। वडा नं ४ मा कुल २,३९० मतदातामध्ये १,७४२ मत खसेको थियो।
प्रकाशित: २ जेष्ठ २०७९ ०७:१६ सोमबार