निर्वाचन विशेष

इटहरीः मेयरमा गठबन्धन, उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता रहेको छ।

इटहरी उपमहानगरपालिकामा आज बिहान मत परिणम अनुसार गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका हेमकर्ण पौडेलले तीन हजार ५२५ मतसहित अग्रता लिएका छन्। एमालेका मेयरका उम्मेदवार याम सुब्बाले दुई हजार ७२८ मत ल्याएका छन्।

यस्तै, उपमेयरमा एमालेका तर्फबाट संगीता चौधरीले अग्रता कायम गरेकी छन्। उनले दुई हजार ९७२ ल्याउँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका केशवकुमार विष्ट चौधरीले दुई हजार १९५ मत ल्याएका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:२९ सोमबार

इटहरी उपमहानगरपालिका