चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन्।
१० हजार ६०४ मतगणना हुँदा सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई १४ मतको झिनो अन्तरले पछि परेका हुन्। सुवेदीले ३ हजार ६६७मत प्राप्त गरेका छन्। सुवेदीलाई पछ्याउँदै दाहालले ३ हजार ६५३ मत ल्याएकी छिन्। भरतपुर महानगरमा कडा प्रतिस्पर्धा भइरहेको छ। दाहाल र सुवेदी अघिपछि हुँदै आएका छन्।
स्वतन्त्र रुपमा उमेद्वारी दिएका जगन्नाथ पौडेलले पनि आफ्नो मत बढाउँदै लागेका छन्। पौडेलले १ हजार ४१३ मत ल्याएका छन्।
यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन् अधिकारीले मतान्तर बढाउँदै लगेका छन्। उनले ४ हजार १५० मत ल्याएका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले २हजार ८८६ मत प्राप्त गरेकी छन्। अहिले भरतपुर ३ को मतगणना भएको छ। वडाध्यक्षमा एमालेका विकास थापा १ हजार २२५ मतका साथ अघि छन्। थापालाई कांग्रेसका भरत लामिछानेले ७८३ मत ल्याएर पछ्याएका छन्।
प्रकाशित: २ जेष्ठ २०७९ ०३:५६ सोमबार