कैलालीको जोशीपुर गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ। यसअघि अग्रस्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीलाई पछि पार्दै राप्रपाले अग्रता लिएको हो।
राप्रपाकातर्फबाट अध्यक्षका उम्मेदवार भीमबहादुर बमले नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीलाई ६७ मतले पछि पारेका छन्। अहिले वडा नं. ३ को ४०० मत गणना हुँदा बमले १हजार २७१ मत पाएका छन भने चौधरीले १ हजार २०४ मत पाएका छन्। त्यस्तै काँग्रेसका बन्सराम बडायकले १ हजार २८, जसपाका चन्द्र प्रकाश चौधरीले ७२४ र एमालेका केशर बहादुर डगौराले ३२७ मत पाएका छन।
यसअघि वडा नं. १ र २ को मत गणना भैसकेको छ। वडा नं. १मानागरिक उन्मुक्तिका रामचन्द्र चौधरी पूरै प्यानल सहित विजयी भएका छन भने वडा नं. २ मा जसपाका विष्णुप्रसाद डगौरा तीन सदस्य सहित विजयी भएका छन्। एक खुल्ला सदस्यमा नागरिक उन्मुक्तिका सोहनलाल चौधरी विजयी भएका छन्।
अध्यक्षमा राप्रपाले अग्रता लिए पनि उपाध्यक्षमा भने नागरिक उन्मुक्ति नै अघि रहेको छ। नागरिक उन्मुक्तिका तर्फबाट उपाध्यक्ष रेखादेवी कठरियाले हालसम्म १ हजार २२६ मत पाएकी छन्। उपाध्यक्षमा उनलाई काँग्रेसकी किरण चौधरीले पछ्याईरहेकी छन्। चौधरीको १ हजार २२ मत रहेको छ। उपाध्यक्षमा राप्रपाका ममता चौधरीको ६३३ मत रहेको छ।
प्रकाशित: २ जेष्ठ २०७९ ०१:४६ सोमबार