निर्वाचन विशेष

काठमाडौं महानगरपालिकाः स्थापितभन्दा बालेन दोब्बर मतले अगाडि

बालेन साह र केशव स्थापितको प्रतिस्पर्धी अँगालो

काठमाडौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतगणनाको दोस्रो दिन आइतबार पनि आफ्नो अग्रता कायम राखेका छन् ।

उनले मतगणना सुरु भएदेखिनै अग्रता लिएका हुन। आइतबार साँझको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिद्धन्दीलाई उनले २ हजार मतले उछिनेका छन् ।  

उनले आइतबार साँझसम्म ४ हजार १३९ मत प्राप्त गरेका छन् । साहका निकटतम प्रतिद्धन्दी एमालेका मेयर उम्मेदवार केशव स्थापितले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।  

यसैगरी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन्। उनले १ हजार ९ सय ३४ मत प्राप्त गरेकी छिन्।  

यसैगरी काठमाडौंको उपमेयरमा पनि मतगणना सुरु भएदेखिनै निरन्तर रुपमा एमालेकी सुनिता डंगोल अगाडी छिन। उनले आइतबार साँझसम्म ३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छन् । उपमेयरको दोस्रो स्थानमा नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन्।  

प्रकाशित: १ जेष्ठ २०७९ १५:५४ आइतबार