निर्वाचन विशेष

दैलेखमा माओवादीको उदय

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष निर्वाचित छवीराम सुवेदी।

द्वन्द्वकालमा दैलेखको दुल्लु र नौमुलेमा माओवादी विरुद्ध जनताहरुले सशक्त विरोध गरे। त्यसयता शान्ति प्रकृयासंगै माओवादीले आफ्नो संगठन सुधार गर्न सकेको थिएन्।  

२०७४ को स्थानीय तहको चुनावमा जिल्लाभरबाट एउटा वडा सदस्य मात्र जित्यो। नौमुले गाउँपालिका-३ बाट जिल्लामै एक मात्र वडा सदस्यमा यमबहादुर कठायतले माओवादी केन्द्रबाट जितेका थिए। आफ्नो संगठनलाई सुधार गर्दै नेकपा माओवादी केन्द्रले २०७९ वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा आफुलाई जनतामाँझ पुर्‍यायो। गाउँपालिका अध्यक्ष हुँदै वडामा समेत विजय हाँसिल गर्‍याे।

त्यसको फल स्वरुप नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले फराकिलो मत अन्तरले विजयी भए। उनले ३२ सय मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका भदे बुढामगरले २५ सय ४४ मत ल्याएका थिए। 

एमालेका शशिराम विकले १९ सय २० मत प्राप्त गरेका छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित सुवेदी २०७४ मा पालिका अध्यक्षमा पराजित भएका थिए। गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८ सय ३४ मत ल्याएका थिए। उनको प्रतिद्वन्दी नेपाली काँग्रेसकी अमृता सिंहले २४ सय ५ मत ल्याएकी थिईन्। नौमुलेमा एकीकृत समाजवादी र माओवादी केन्द्रविच तालमेल भएको थियो।

२०७४ को स्थानीय तहको निर्वाचनमा दैलेखबाट एउटा वडा सदस्य जितेको नेकपा माओवादी केन्द्रले यसपाली गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरु, वडा सदस्यहरुमा विजय हाँसिल गरेको छ। जिल्लामै कमजोर सगठन रहेको माओवादी यसपाली एउटा शक्तीको रुपमा उदाएको छ। २०७४ मा एमालेसंग तालमेल गरेर माओवादीबाट धर्मराज रेग्मीले प्रदेश सभा सांसद जितेका थिए।

उनी नेकपा विभाजनसंगै एमालेमा गएका छन्। नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम  सुवेदी ३२ सय मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका भदे बुढामगरले २५ सय ४४ मत ल्याएका थिए। एमालेका शशिराम विकले १९ सय २० मत प्राप्त गरेका छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित सुवेदी २०७४ मा पालिका अध्यक्षमा पराजित भएका थिए।  

त्यस्तै डुंगेश्वर गाउँपालिका–१ मा वडाअध्यक्ष श्याम रानाले ७ सय ८१ मतसहित विजयी भएका छन्। उनको प्रतिद्वन्दी नेकपा एमालेका लोकबहादुर डाँगीले ५ सय २४ मत ल्याएका थिए। महावु गाउँपालिका–६ बाट माओवादीका उम्मेदवार रेशम बहादुर थापा मगर वडाअध्यक्ष ४ सय १२ मत ल्याएर विजयी भएका छन्। 

उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका हर्कबहादुर शाहीले ३ सय ९७ मत ल्याएका थिए। त्यस्तै नेकपा एमालेका उम्मेदवार रक्षबहादुर मगरले ३ सय ५९ मत ल्याएर तेस्रो स्थानमा आएका थिए। दैलेखका धेरै स्थानीय तहमा वडा सदस्यहरु माओवादी केन्द्रबाट निर्वाचित भएका छन्। भगवतीमाई गाउँपालिकामा पनि माओवादीले अग्रता रहेको छ।

प्रकाशित: १ जेष्ठ २०७९ १३:१३ आइतबार