पोखरा महानगरपालिकाको सार्वजनिक गरिएको मत गणनाको मत परिणाम अनुसार पाँचदलीय गठबन्धनका साझा उम्मेदावर धनराज आचार्य तथा उपप्रमुखमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले अग्रता लिएका छन्। २४ सय मत गनिसक्दा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आचार्यले ९२३ मतसहित अगाडि छन्। उनका प्रत्यासी नेकपा एमालेका कृष्ण थापा ८०६ मतसहित पछ्याईरहेका छन्।
नेपाली काँग्रेसकी कोपिला रानाभाटले १०२८ मत ल्याउँदै अग्रता लिदाँ नेकपा एमालेकी मन्जुदेवी गुरुङ ९०७ मतसहित दाेस्राे स्थानमा छिन्। नेकपा एमालेका प्रमुखका उम्मेदवार कृष्ण थापा र उपप्रमुख मन्जुदेवी गुरुङ हुन भने चुनावी मैदानमा थिईन्।। थापा पूर्व नगरप्रमुख हुन भने गुरुङ बर्तमान उपप्रमुख हुन्।
२ लाख ७ हजार ७ सय १२ मतदाता मध्ये शुक्रबारको मतदानमा १ लाख ४३ हजार २ सय २८ मतदाता मतदानमा सहभागिता जनाएको तथ्यांक छ। जिल्ला निर्वाचन कार्यालय कास्कीको अनुसार ६८.९६प्रतिशत मत खसेको छ।
प्रकाशित: १ जेष्ठ २०७९ ०६:३२ आइतबार