राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।
उनले प्रथम महिला सविता पाैडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनारमा रहेको गौरीघाटको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाअर्चना गरेका हुन्। राष्ट्रपति पौडेलले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरे।
राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवि पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।
प्रकाशित: २९ कार्तिक २०८३ १६:४० आइतबार