धर्म/संस्कृति

ईदले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् : बालेन्द्र शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले ईद-उल-फित्रको शुभकामना दिएका छन्।

धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताउँदै उनले शुभकामना व्यक्त गरेका हुन्। साथै, एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने कामना गर्दै उनले भने, 'ईदको यस पावन अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस्।'

'धर्म, संस्कृति र विविधताको सम्मान गर्दै,' शाहले सामाजिक सञ्जालमा लेख्छन्, 'सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।'

प्रकाशित: ७ चैत्र २०८२ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App