हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो।
किंवदन्तीअनुसार, सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेलेका थिए। राजाले कुदृष्टि लगाएपछि भवानी त्यहाँबाट अलप भएको जनविश्वास छ।
राजाले क्षमायाचना गरेपछि भवानीले वर्षमा एक पटक मात्र दर्शन दिने वचन दिएको किंवदन्ती छ। यही जनविश्वासका कारण महानवमीका दिन तलेजु भवानीको दर्शन गर्न भक्तजन भक्तपुर पुग्ने गर्छन्।
प्रकाशित: ३ कार्तिक २०८३ १३:४८ मंगलबार