धर्म/संस्कृति

मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने

हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ। मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आशीर्वाद दिने कार्यक्रम रहेको बताए।

विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ। आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दसैँ टीका लगाइदिने व्यवस्था गरिएको हो।  

आज बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आराधना सुरु भएको छ। अराधन सकिएलगत्तै दसैँको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए। भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ। 

प्रकाशित: ४ कार्तिक २०८३ ०७:०० बुधबार