धर्म/संस्कृति

सनातन हिन्दु राष्ट्र र लोक कल्याणका लागि छठ पूजा : भीम पराजुली

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले सनातन हिन्दु राष्ट्र र लोक कल्याणका लागि छठ पूजा गर्ने र व्रत बस्दै आएको बताएका छन्।  

उनले नेपाललाई बौद्ध, किराँतसहितको वैदिक सनातन हिन्दू राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षा हुनुपर्छ भन्ने मनोकामनासहित व्रत बस्दै आएको प्रट्याए। बौद्ध, किराँतसहितको वैदिक सनातन हिन्दू राष्ट भए देश द्वन्द्व र अशान्त हुँदैन भनेर मैले बारम्बार भन्दै आएको हुँदा त्यसका लागि नियमित व्रत बस्दै आएको उनले बताए।  

पराजुलीले ३२ वर्षदेखि नियमित रूपमा छठको व्रत बस्दै आएको र २८ औं पटकको दण्ड प्रणाम यात्रा गर्दै घाट पुगेका छन्। विराटनगर–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सडकमा दण्ड प्रणाम गरेर यात्रा गर्दै घाट पुगेका छन्।  

उनले मन्दिरबाट करिब साढे ३ किलोमिटर दण्ड प्रमाण गर्दै आफूले छठ पूजा गर्ने स्थल सिंघिया खोला पुगेका छन्।

प्रकाशित: १० कार्तिक २०८२ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App