अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुका ७९ स्थानमा हर्षोल्लासका साथ आइतबार पर्व छठ पर्व मनाइएको छ।
कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित जमुहार नाला, बाणगंगा नदीको रामघाट लगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै पर्व मनाइएको हो।
छठलाई निष्ठा पवित्रता र सद्भावको पर्वका रूपमा मानिएको छ। यस्तै पकडी कृष्णनगर, डंगरी बहादुरगंज लगायतका स्थानमा रहेको नदी पोखरी नहरमा समेत भक्तजनहरूले सूर्यको विशेष पूजापाठ गरी सामूहिक रूपमा यो पवै मनाएका हुन्।
जिल्ला प्रहरी कार्यालय अनुसार यस वर्ष नदी नाला तलाउ, पोखरीमा गरी कपिलवस्तुमा ७९ स्थानमा छठ स्थान निर्माण गरिएको छ।
जमुहार नालामा ३ हजार हजार बढी श्रद्धालुहरूले र ५ हजार बढीले रामघाट नदीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाआजा गरेका थिए। उनीहरू त्यहाँ जम्मा भएर सामूहिक रूपमा पूजापाठ समेत गरेका थिए।

पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदायका सहभागी थिए। विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधना समेत गरेका थिए।
छठमा उपबास बसी पूजाआजा गर्नाले पारिपार सुख संवृद्धिका साथै सन्तान प्राप्ति र रोग व्याधि समेत निको हुने श्रद्धालु भक्तजनहरूको विश्वास छ।
उनीहरूले उक्त नदीमा पूजा गरी प्रसादका रूपमा बासको सामग्रीमा अर्घ दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए।
छठ पर्वका लागि पूजा व्यवस्थापन समिति गठन गरी जमुहार नदीमा पूजाआजाका लागि विशेष व्यवस्था गरेको थियो।
समितिले टेन्ट, लगायतका सामग्रीहरूको व्यवस्था गरेकोले यस वर्ष छठ पर्वका रौनक देखिएको थियो। चार दिन सम्म मनाइने छठ सोमबार बिहान सम्पन्न हुँदैछ।
शुक्रबार चोखो भोजन ग्रहण गर्ने, शनिबार सुयास्त पछि एक छाक खाने, आइतबार अस्ताउँदो र सामेबार उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ।
पूजा स्थलको सुरक्षार्थ सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो। जमुहार र रामघाटमा शुभकामना दिन जन प्रतिनिधि समेत पुगेका थिए।

साझा पर्व बन्दै गएको छठले केही वर्ष यता रौनकता थपेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष जाहिद खाले छठ पर्व सद्भावको पर्व बन्दै गएको बताए। बुद्धभुमी नगरपालिका वडा नम्बर १० का अध्यक्ष सन्दीप पाण्डेयले छठ पर्वप्रति आकर्षण बढेको बताए।
प्रहरी उपरीक्षक मनोहर भट्ट जमुहार र रामघाट लगायतका रहेको छठ स्थलमामा पुगेर शुभकामना साटासाट गरेका थिए।
छठको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिई सूर्यका आराधना गर्ने गर्छन्। रातभरी जाग्राम बसी सोमबार बिहान सूर्यको पूजाआजा गरी छठको समापन गर्नेछन्।

प्रकाशित: २९ कार्तिक २०८३ १८:२२ आइतबार



-600x400.jpg)