दसैँको आगमनसँगै चाँगुनारायण नगरपालिका लगायतका स्थानहरूमा पिङ खेल्ने चहलपहल बढेको छ। वर्षमा कम्तीमा एक पटक धर्ती छाड्नुपर्छ भन्ने विश्वासका आधारमा दसैँमा पिङ खेल्ने परम्परा अझै बलियो रूपमा जोगिएको छ।
गाउँघरदेखि डाँडाकाँडा वरिपरि खुला ठाउँमा पिङ हाल्न थालिएपछि त्यहाँ दसैँको रौनक फैलिएको छ। पिङ खेल्दा निस्कने 'चचहुई' र 'सररर' आवाजले स्थानीय बस्ती गुञ्जायमान छन्।
परम्परा र मनोरञ्जन दुवैका रूपमा रहेको पिङले सबै उमेरका मानिसलाई आकर्षित गर्दै छ। चाँगुनारायण क्षेत्रमा बालबालिकादेखि वृद्ध वृद्धासम्म पिङ खेल्दै दसैँको उल्लास साझा गरिरहेका छन्।
प्रकाशित: १५ आश्विन २०८२ १९:२५ बुधबार