धर्म/संस्कृति

बडादसैं: टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ।  

असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैंको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।

यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ। असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उनले सुनाए।

असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ। असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए।

प्रकाशित: ३१ भाद्र २०८२ २०:४० मंगलबार