धर्म/संस्कृति

रातो सारीमा अस्ट्रेलियाली सांसद फियोनाको तीज शुभकामना !

अस्ट्रेलियाली सांसद फियोना फिलिप्सले नेपाली महिलाहरूसँग मिलेर तीज मनाएकी छिन्।  

शनिबार न्यु साउथ वेल्समा नेपाली समुदायसँग उनले तिजमा रमाइलो गरेकी हुन्। तस्बिर राख्दै उनले तिज महिलाहरूको स्वास्थ्य, शक्ति र समुदायलाई पारम्परिक नृत्य, संगित र भजनमार्फत उत्सव गर्ने एक महत्त्वपूर्ण नेपाली सांस्कृतिक पर्व  रहेको बताएकी छिन्।  

कला संस्कृतिमार्फत अस्ट्रेलियाली भूमिमा धेरै रमाइलोपन थपिरहेको भन्दै उनले नेपाली समुदायलाई धन्यवाद दिइन्। 

मंगलबार नेपालसहित देशभर नै तिज पर्व नाचगान गरेर धुमधामसँग मनाइँदैछ। बिहानैदेखि पशुपतिसहित शिवालयमा महिलाहरूको भीड छ। 

प्रकाशित: १० भाद्र २०८२ १३:४३ मंगलबार