काठमाडौं इतुम्बहालकी अर्यातारा शाक्य नयाँ कुमारी घोषित भएकी छिन्। शाक्य महाविहार संघको पहलमा नयाँ कुमारी छनोट प्रक्रिया सम्पन्न भएसँगै आर्यतारा शाक्यलाई काठमाडौंको जीवित देवी घोषित गरिएको छ।
करीब दुई वर्षदेखि तयारीमा रहेको छनोट प्रक्रियामा राजधानीका १५ बहाललाई पत्र पठाएर योग्य बालिकाको नाम सिफारिस गर्न आग्रह गरिएको थियो।
निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ निर्णायक समितिको सल्लाहमा परम्परागत विधि अनुसार अढाइ वर्षकी आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो।
मंगलबार दिउँसो विशेष पूजापाठसहित १२ः०५ देखि १२ः१६ बीच हुने समारोहमा उनी कुमारी घरमा विराजमान हुनेछन्। उक्त अवसरमा पुराना कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिनेछ।
प्रकाशित: १२ आश्विन २०८२ ११:३५ आइतबार