कर्पोरेट

बाढीपीडितका लागि यशोदा ग्रुपबाट साढे ३ करोडभन्दा बढी सहयोग

यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाकोले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी, कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा तथा आश्रयस्थलमा रहेका पीडितका लागि ३० लाख रुपैयाँ बराबरको करेन्ट चाउचाउ वितरण गरेको जनाएको छ ।

कम्पनीले विपद्बाट प्रभावित नागरिकका लागि आवश्यकताअनुसार थप चाउचाउ तथा अन्य सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

प्रकाशित: २५ भाद्र २०८३ १६:१२ बिहीबार