कर्पोरेट

यती एअरलाइन्सको चार्टर फ्लाइट मार्फत् जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती नेपाल आउँदै

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् नेपालको ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन्। उनी जेठ ९ गते यती एअरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

यती एअरलाइन्सका अनुसार उनलाई नेपाल ल्याउनका लागि एअरलाइन्सको जहाज आजै भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।

उक्त धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गरिनेछन् ।

प्रकाशित: ७ जेष्ठ २०८३ १९:४७ बिहीबार