कर्पोरेट

सरकारलाई हिलटेकको सहयोग, १०८ थान पानी ट्याङ्की उपलब्ध

पाँच सय थान ट्राफिक कोन सहयोग

जेन जी आन्दोलनका क्रममा आगाजनीमा परेर अधिकांश सरकारी भवन जलेपछि हिलटेक समूहले सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग गरेको छ ।  

बिहीबार मुख्यसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई भेटेर हिलटेक समूहले १०८ थान पानी ट्याङ्की र ५ सय थान ट्राफिक कोन उपलब्ध गराएको हो ।  

सिंहदरबारसहित सरकारी भवन पुनर्निर्माणका क्रममा ती ट्याङ्की प्रयोग हुने भएकाले सहयोग गरेको हिलटेक समूहका अध्यक्ष कमल जैनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ट्राफिक कोन सडकमा ट्राफिक व्यवस्थापनका लागि प्रयोग हुने गर्छ । 

प्रकाशित: २ आश्विन २०८२ १६:४९ बिहीबार