कर्पोरेट

आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन

क्रिकेटमा आफूलाई मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन्। कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानमै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन्। अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ। त्यो हो, आफ्नै फेभरेट टिमको लोगो भएको एक्स्ट्रिम एनर्जी ड्रिङ्कको क्यान।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप विशेष बनाउन एक्स्ट्रिमले सातवटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।

एनपीएल सिजन ३ मा एक्स्ट्रिम एनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरेको छ। एक्स्ट्रिमले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूसम्म पुर्‍याउने प्रयास गरेको छ।

क्रिकेटको क्रेज: सात टिम, सात पहिचान

क्रिकेटप्रेमीका लागि आफ्नो फेभरेट टिम केवल एउटा नाममात्र होइन। टिमप्रतिको समर्थन खेलाडीप्रतिको विश्वास र भावनासँग जोडिएको हुन्छ। मैदानमा प्रत्येक रनसँगै बढ्ने धड्कन होस् वा विकेट खस्दा गुञ्जिने हुटिङ, समर्थकको यही भावना क्रिकेटको वास्तविक रौनक हो।

यही भावनालाई एक्स्ट्रिमले आफ्नो विशेष क्यानमार्फत माया दर्शाउने नयाँ तरिका लिएर आएको हो। प्रायोजनका लागि साझेदारी गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत अब समर्थकहरूले आफ्नो मनपर्ने टिमको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन्। अब एक्स्ट्रिम एनर्जी ड्रिङ्क पिउनुमा मात्र सीमित रहने छैन। यसको प्रयोग आफ्नो फेभरेट टिमप्रतिको माया र समर्थन व्यक्त गर्ने अर्को माध्यम बन्न सक्नेछ।

क्रिकेटको रौनक अब मैदानदेखि बजारसम्म

नेपाली क्रिकेटको लोकप्रिय उत्सवका रूपमा स्थापित हुँदै गएको एनपीएलले क्रिकेटप्रेमीमाझ विशेष उत्साह सिर्जना गर्दै आएको छ। यही उत्साहमा युवा पुस्ताको रुचि र क्रिकेटप्रतिको क्रेजलाई जोड्ने उद्देश्यसहित एक्स्ट्रिमले विशेष क्यान बजारमा ल्याएको हो।

कम्पनीका अनुसार यो पहलले समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर दिनेछ। साथै, एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर निकाल्दै बजारदेखि खेलप्रेमीहरूको जमघटसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खेल हेर्दै टोलीको समर्थन गर्ने होस् वा साथीभाइसँग क्रिकेटको चर्चा गर्ने, एक्स्ट्रिमको स्पेसल एडिसन क्यान समर्थकलाई आफ्नो मनपर्ने टोलीसँग अझ नजिकबाट जोड्ने माध्यम बन्न सक्नेछ। यो पहलले मैदानमा प्रतिस्पर्धा गरिरहेका टोलीहरूसँगै मैदानबाहिर रहेका समर्थकहरूको उत्साह, टिमप्रतिको गर्व र आपसी समर्थनलाई समेत जोड्ने विश्वास गरिएको छ।

क्रिकेटमा खेलाडीहरू मैदानमा आफ्नो टोलीका लागि प्रतिस्पर्धा गर्छन् भने समर्थकहरू मैदानबाहिरबाट आफ्नो विश्वास र उत्साहका साथ टिमको हौसला बढाउँछन्। एक्स्ट्रिमले यही सम्बन्धलाई विशेष क्यानमार्फत थप नजिक ल्याउने प्रयास गरेको छ।

अब रोज्नुहोस्, आफ्नै फेभरेट टिमको क्यान

एनपीएलका सात टोलीप्रति समर्पित एक्स्ट्रिम एनर्जी ड्रिङ्कका यी विशेष क्यान उपभोक्ताहरूले आफ्ना नजिकका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन्।

अब क्रिकेटको चर्चा हुँदा मनपर्ने टिमको नाम मात्र होइन, हातमा त्यही टिमको लोगो भएको एक्स्ट्रिमको क्यान पनि हुन सक्नेछ।

प्रकाशित: ८ कार्तिक २०८३ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App