कर्पोरेट

अमेरिकी राजदूतको उपस्थितिमा अध्ययन स्कूलले गर्‍यो नयाँ भवनको उद्घाटन

अमेरिकी राजदूतको उपस्थितिमा अध्ययन स्कूलले शुक्रबार आफ्नो नवनिर्मित भवनको उद्घाटन गरेको छ। विद्यालयको भवनमा अत्याधुनिक कक्षाकोठा र पूर्ण आकारको फुटसल मैदान रहेको छ।

भवनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले गरेका थिए। उनले समग्र शिक्षाप्रति स्कूलको प्रतिबद्धताको प्रशंसा समेत गरे।

लीपफ्रग इनिसिएटिभको एक भागको रूपमा रहेको यस विद्यालय नेपालको पहिलो प्रविधि केन्द्रित संस्थाको रूपमा रहेको छ। यस्तै अध्ययन प्रिस्कूल देशको पहिलो रेजियो एमिलिया-प्रेरित प्रिस्कूल बन्नु गौरवको विषय भएको विद्यालयले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८२ १०:१९ शनिबार