नेपाल प्रिमियर लिग (एनपीएल)का सर्वाधिक सफल खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । शारदा ग्रुपले उनलाई तीन वर्षका लागि ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । सम्झौता पत्रमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र दीपेन्द्रले सोमबार हस्ताक्षर गरे।
एनपीएलमा उत्कृष्ट खेलाडी बन्दै दीपेन्द्रले ६२ लाख रुपैयाँ मूल्य पर्ने उक्त कार पाएका थिए । लगत्तै उनलाई शारदाले ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
शारदा ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेका दीपेन्द्रले यस्तो हौसलाले अन्य खेलाडीलाई पनि क्रिकेट खेल्न प्ररित गर्ने धारणा राखे ।
सोही अवसरमा शारदा ग्रुपले एनपीएलमा उपहारस्वरुप उनले पाएको कारको साँचो समेत हस्तान्तरण गरेको थियो । नेपाली क्रिकेट इतिहासमा कार पुरस्कार पाउने उनी पहिलो खेलाडी हुन् । कार्यक्रममा कार पाएवापत लाग्ने सम्पूर्ण कर ९करिब १५ लाख रुपैयाँ० पनि कम्पनीले बेहोर्ने जनाकारी दिइयो।
प्रकाशित: १५ पुस २०८१ १८:४७ सोमबार