बजार

सुन र चाँदीको मूल्य बढ्यो, कति पुग्यो ?

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको भाउमा सामान्य वृद्धि देखिएको हो।

आज (मंगलबार) सुनको मूल्य प्रति तोला दुई लाख ९१ हजार ८०० रुपैयाँ तोकिएको छ। हिजो सोमबार सुन प्रति तोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा आज सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले बढेको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रति तोला चार हजार ८२० रुपैयाँ पुगेको छ। हिजो सोमबार यसको मूल्य चार हजार ७८० रुपैयाँ थियो। चाँदीको मूल्यमा प्रति तोला ४० रुपैयाँले बढोत्तरी भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

प्रकाशित: २४ चैत्र २०८२ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App