बजार

नेपालमा एआई र डिजिटल सम्पर्क विस्तार गर्न सामसङ नेपाल र एनसेलबीच सहकार्य

नेपालभर उन्नत मोबाइल प्रविधि, कृत्रिम बौद्धिकता तथा डिजिटल सम्पर्कको पहुँच विस्तार गर्ने उद्देश्यले सामसङ नेपाल र एनसेलबीचको सहकार्य थप सुदृढ भएको छ।

सामसङका ग्यालेक्सी स्मार्टफोनमा उपलब्ध नवीन प्रविधि र एनसेलको सञ्चार सञ्जाललाई एकीकृत गर्दै दुवै कम्पनीले ग्राहकका लागि विभिन्न सुविधा ल्याएका छन्। यस सहकार्यअन्तर्गत छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क तथ्याङ्क तथा कुराकानी सेवा, आकर्षक सट्टापट्टा सुविधा, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।

नयाँ स्मार्टफोन खरिदमा मात्र सीमित नरही दुवै कम्पनीले पुरानो दोस्रो पुस्ताको प्रविधि प्रयोग गरिरहेका ग्राहकलाई चौथो पुस्ताको सञ्जालमा स्तरोन्नति गर्न प्रोत्साहित गर्ने योजना अघि सारेका छन्।

यस अभियानअन्तर्गत ग्राहकले जुनसुकै दोस्रो पुस्ताको उपकरण साटेर सामसङको चौथो पुस्ताको स्मार्टफोन खरिद गर्दा पाँच हजार रुपैयाँसम्मको सट्टापट्टा सुविधा पाउन सक्नेछन्। त्यस्तै, न्यूनतम एक हजार २२१ रुपैयाँको मासिक किस्ता विकल्पले नयाँ स्मार्टफोन खरिदलाई थप सहज बनाउने कम्पनीको भनाइ छ। यस पहलले नेपालमा चौथो पुस्ताको प्रविधिको प्रयोग विस्तार गर्दै डिजिटल पहुँचमा रहेको दूरी घटाउने अपेक्षा गरिएको छ।

यस सहकार्यको मुख्य उद्देश्य कृत्रिम बौद्धिकता र इन्टरनेटमा जोडिएका उपकरणको अनुभवलाई महँगा स्मार्टफोनमा मात्र सीमित नराखी धेरै ग्राहकसम्म पुर्‍याउनु रहेको छ। स्मार्टफोनको दैनिक प्रयोगमा सिर्जनात्मक कृत्रिम बौद्धिकताको महत्त्व बढ्दै गएको सन्दर्भमा सामसङले ग्यालेक्सी उत्पादन शृङ्खलामार्फत थप ग्राहकलाई कृत्रिम बौद्धिकतासम्बन्धी सुविधाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध सुविधाले उन्नत प्रविधिलाई थप उपयोगी र किफायती बनाउने कम्पनीको विश्वास छ।

यस सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्म एनसेलका छनोट गरिएका मासिक तथ्याङ्क तथा कुराकानी सेवामा शतप्रतिशत छुट पाउन सक्नेछन्।

महँगा स्मार्टफोन खरिदमा सहज किस्ताबन्दी र सट्टापट्टा सुविधा

स्मार्टफोन स्तरोन्नति गर्दा मूल्यलाई महत्त्वपूर्ण पक्ष मान्दै सामसङले हुलास फिन सर्भसँगको सहकार्यमा किस्ताबन्दी भुक्तानी योजनालाई थप सहज बनाएको छ।

छनोट गरिएका महँगा स्मार्टफोनमा ग्राहकले ३६ महिनासम्मको किस्ताबन्दी सुविधा लिन सक्नेछन्। मासिक किस्ता पाँच हजार १०६ रुपैयाँदेखि सुरु हुने यस योजनाले सामसङका उन्नत मोड्न मिल्ने फोन थप ग्राहकको पहुँचमा पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यस्तै, छनोट गरिएका ग्यालेक्सीका महँगा स्मार्टफोनमा स्तरोन्नति गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको सट्टापट्टा बोनस पाउन सक्नेछन्। योग्य ग्यालेक्सी जेड र एस शृङ्खलाका ग्राहकले एक वर्षको अतिरिक्त वारेन्टीसमेत प्राप्त गर्नेछन्।

सामसङका विभिन्न स्मार्टफोनमा उपलब्ध २४ महिनासम्मको किस्ताबन्दी विकल्पले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार उपकरण छनोट गर्न थप सहज बनाउने कम्पनीले जनाएको छ।

विद्युतीय फोहोर व्यवस्थापनमा पनि सहकार्य

प्रविधिमा पहुँच विस्तारसँगै सामसङले उपकरणको जिम्मेवार प्रयोग र विद्युतीय फोहोर व्यवस्थापनलाई प्रोत्साहन गर्दै दिगो डिजिटल भविष्य निर्माणमा पनि जोड दिएको छ।

साइफरब्लकसँगको आगामी सहकार्यअन्तर्गत प्रयोग भइसकेका विद्युतीय उपकरणको जिम्मेवार सङ्कलन तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। यसले ग्राहकलाई वातावरणमैत्री तरिकाले पुरानो उपकरण विस्थापन गरी नयाँ प्रविधिमा स्तरोन्नति गर्न प्रोत्साहित गर्ने कम्पनीको अपेक्षा छ।

आकर्षक सट्टापट्टा सुविधालाई विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनसँग जोडेर नयाँ प्रविधिको प्रयोगसँगै वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउने सामसङको लक्ष्य रहेको छ।

यी सेवा सामसङका सेवा केन्द्र तथा छनोट गरिएका आधिकारिक पसलमा उपलब्ध हुनेछन्। यस पहलले सामसङ र एनसेलको दोस्रो पुस्ताबाट चौथो पुस्ताको प्रविधिमा स्तरोन्नति गर्ने अभियानलाई थप सहयोग पुग्ने विश्वास गरिएको छ।

सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले यस सहकार्यले सामान्य स्मार्टफोन प्रवर्द्धनभन्दा अघि बढेर नेपालमा समावेशी डिजिटल प्रणाली निर्माण गर्ने लक्ष्य लिएको बताए।

उनले कृत्रिम बौद्धिकताको अनुभवलाई पहुँचयोग्य बनाउने, महँगा मोड्न मिल्ने फोनको प्रविधिलाई ग्राहकको पहुँचमा पुर्‍याउने, किफायती चौथो पुस्ताको प्रविधिमा स्तरोन्नति गर्न सहयोग गर्ने र विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनलाई प्रोत्साहन गर्ने पहलले प्रविधिमार्फत ग्राहकलाई सशक्त बनाउने साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको बताए।

यसैबीच, अग्रिम बुकिङ नोभेम्बर २० देखि सुरु भएर नोभेम्बर २३ सम्म खुला रहनेछ। उपलब्ध गराइएको द्रुत प्रतिक्रिया सङ्केतमार्फत अग्रिम बुकिङ गर्ने ग्राहकले चार हजार ९९९ रुपैयाँ मूल्यको बड्स कोर खरिदमा ६२ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८३ २१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App