बजार

हुवावे ब्यान्ड ११ नेपालमा सार्वजनिक, ‘रन विथ द बीट’ मार्फत डिजे रनको नयाँ अनुभव

HUAWEI ले नेपालमा HUAWEI Band 11 Series आधिकारिक रूपमा सार्वजनिक गरेको छ। स्वास्थ्य, फिटनेस र दैनिक जीवनशैलीमा केन्द्रित स्मार्ट वियरेबल प्रविधिको नयाँ पुस्ताका रूपमा यसलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

नयाँ सिरिजको सार्वजनिक कार्यक्रम नयाँ वर्ष २०८३ को अवसर पारेर “Run with the Beat – Powered by HUAWEI” शीर्षकमा आयोजना गरिएको थियो। Meltdown सँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम नेपालमै पहिलोपटक आयोजना गरिएको अनुभवात्मक इभेन्टका रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले संगीत, दौड र प्रविधिको संयोजनसहितको विशेष अनुभव लिएका थिए। फिटनेस, मनोरञ्जन र प्रविधिलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

HUAWEI Band 11 Series लाई दैनिक स्वास्थ्य, फिटनेस र जीवनशैलीलाई सहज बनाउने गरी विभिन्न स्मार्ट फिचरसहित डिजाइन गरिएको छ। यसमा निन्द्राको विस्तृत ट्र्याकिङ (हृदयगति, SpO₂, HRV तथा श्वासप्रश्वास विश्लेषणसहित), २४ घण्टा हृदयगति र रगतमा अक्सिजनको निगरानी, १०० भन्दा बढी वर्कआउट मोड, तनाव तथा भावनात्मक अवस्थाको निगरानी र निर्देशित श्वासप्रश्वास अभ्यासजस्ता सुविधा समावेश छन्।

त्यसैगरी, यस उपकरणमा अधिकतम १४ दिनसम्म टिक्ने ब्याट्री, हल्का तथा आकर्षक डिजाइन र दिनभर लगाउन मिल्ने आरामदायी संरचना रहेको कम्पनीले जनाएको छ। Huawei Health App सँग एकीकृत भएपछि प्रयोगकर्ताले आफ्नो स्वास्थ्य, प्रदर्शन र पुनःस्थापनासम्बन्धी व्यक्तिगत जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

नेपालमा यसको मूल्य निर्धारण यसप्रकार रहेको छः

• Band 11 (Polymer): रु. ९,९९०

• Band 11 (Light Aluminum Alloy): रु. ११,९९०

• Band 11 Pro: रु. १४,९९०

HUAWEI ले Band 11 Series को सार्वजनिक तथा “Run with the Beat” कार्यक्रमको सफल आयोजनासँगै दैनिक जीवनलाई प्रविधिमार्फत सहज र सशक्त बनाउने आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८३ १९:४४ आइतबार