स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। बिहीबार (हिजो) सुन तोलामा तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज (शुक्रबार) पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तर चाँदीको मूल्यमा भने सामान्य परिवर्तन देखिएको छ। महासंघका अनुसार आज १० रुपैयाँ घटेर पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी पाँच हजार ६० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९९२ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १०:५३ शुक्रबार



