बजार

१३ हजार ४०० रुपैयाँले घट्यो सुन

स्थानीय बजारमा आज पनि सुनको मूल्यमा भारी गिरावट देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसरी सुनको १३ हजार ४०० रुपैयाँ घटेको हो। 

आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार पाँच हजार ५०० मा कारोबार भएको चाँदी ५२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रकाशित: १९ माघ २०८२ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App