स्थानीय बजारमा बुधबार (आज) सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख १०० रुपैयाँमा कारोबार भएको थियो। यसरी मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार हुँदैछ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ८५ रुपैयाँ बढेर चार हजार ६८५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: ३१ भाद्र २०८३ १०:४५ बुधबार



